दशैं बिदामा कटौती

हिन्दूहरुको महान चाड दशैं नजिकिँदैछ । वर्षातपछि विभिन्न चाडबाड लागिसकेको छ । नागपञ्चमपछि वर्षात सकिएर हिउँद लागेकोे मानिन्छ । जनै पूर्णिमा र हरितालिका तीज बिदा भइसकेको छ ।
आज शनिबारबाट सोह्र श्राद्ध आरम्भ भयो । सोह्र श्राद्ध १५ दिन रहन्छ । सोह्र श्राद्ध सकिएपछि दशैं शुरु हुन्छ । दशै शुरु हुन अब १८ दिन बाँकी छ । कर्मचारीलाई दशैंले छोइसकेको छ । विभिन्न कार्यालयमा कर्मचारीले दशैंको योजनाबारे छलफल गर्न थालिसकेका छन् । कतिपय दशैं खर्च जुटाउन लागिसकेका छन् ।
दशैं बिदा भने विगतको तुलनामा कटौती भएको छ । सरकारले अघिल्लो वर्षदेखि दशैं बिदा ३ दिन कटौती गरेको हो । पहिला दशैंमा सरकारी कार्यालय फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म बिदा हुन्थ्यो । घटस्थापनाको दिन समेत गरी दशैंमा ८ दिन बिदा दिइन्थ्यो । अहिले भने बिदा कटौती गरी ५ दिनमा झारिएको छ । दशैंमा अब फूलपातीदेखि एकादशीसम्म ५ दिन मात्र बिदा दिइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस