नौ वर्षे बालक ५ वर्षदेखि दाम्लोमा

पूर्वखोला गाउँपालिका- १, सिलुवा ढाक्रेबासका ९ वर्षे बालक विगत ५ वर्षदेखि दाम्लोमा बाँधिएका छन् । यसरी बाँधिएरै भए पनि उनी हँसमुख र रमाउँदै बाँचेका देखिन्छन् ।
५५ औं राष्ट्रिय बालदिवसको अवसरमा विभिन्न किसिमका बालअधिकार र कर्तव्य बारेमा चर्चा भइरहँदा यी ९ वर्षे बालक भने दाम्लोमा बाँधिएर कष्टकर जिन्दगी बिताउन बाध्य छन् ।
उनको उमेरका बालबालिका खेल्ने, कुद्ने र स्कूल जाने-आउने गर्छन् । तर उनलाई भने गोठमा पशुलाई जसरी दाम्लोले बाँधेर राखिएको छ । आफ्नो ९ वर्षीय छोरालाई दाम्लोमा बाँधेर राख्ने कुनै पनि बावु(आमाको रहर होइन तर बाध्यता हो ।
ती ९ वर्षका बालक हुन- माधव सारु । उनी बोल्न सक्दैनन्, खान र हिड्न पनि उनलाई अफ्ठेरो छ । हिँडेपछि कहाँ जाने भन्ने उनलाई पत्तो नै हुँदैन । त्यसैले अभिभावकले उनलाई बाँधेर राखेको बताउँछन् । ‘छोरो हिडेपछि हिडेको हिडै गर्ने र ऊ का जान्छ पत्तै नहुने हुनाले, धेरै पटक छोरो हराएर खोज्न धौ धौ भयो । अनि त दाम्लोले बाँधेर राख्ने गरेका छौ,’ बुवा डिलबहादुर सारूले भने ।
खाना खाने बेला पनि समाएर खुवाउनुपर्ने र राति सुत्ने बेला पनि खाटमा बाँधेरै सुताउनु पर्ने बाध्यता परिवारको रहेको छ । ९ वर्षका मावध मात्र होइन्, सारू परिवारमा दाइ नारायण पनि बेवारिसे जस्तै छन् । कानले राम्रोसँग नसुन्ने नारायण पनि दिनभरि बेवारिसे हुने र राति सुत्ने बेलामा मात्र घर फर्कने गरेको अभिभावकको भनाइ छ ।
माधव आफ्नै तालले उफ्रने र कराउने, केही गर्न नसक्ने डिल बहादुर सारु र उनकी पत्नी मिनाको भनाइ छ । घरमा २ भाइ छोरा र १ छोरी छन् । जेठो ११ वर्षे छोरो र ९ वर्षे छोरो दुबै अपाङ्ग छन् । २ वर्षे छोरी भने आफ्नो तरिकाले बोल्छिन् ।
घरको आर्थिक अवस्था कमजोर भएकाले नै अहिले सम्म कुनै हस्पिटल नलगेको डिल बहादुर सारुले बताउछन् । अहिले सम्म कुनै संघ संस्थाले सहयोग पनि नगरेको सारुको भनाई छ ।
बाबुले ज्यालादारी काम गरेर बल्लतल्ल घर धान्दै अएका छन् भने अपाङ्ग दुबै जनाले अहिलेसम्म अपाङ्गता कार्ड समेत पाएका छैनन् । यता वडा कार्यालयले भने अपाङ्गता कार्ड दिने तयारी गरेको जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस