• जीवनशैली | Jiwanshaili
  • माटोको ढिस्कोले पुरिएर १ को मृत्यु


    महोत्तरी । जिल्लाको वर्दिवास नगरपालिकामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका ४ माइस्थानमा माटोमा पुरिएर १४ वर्षीय निरोज बमजनको मृत्यु भएको हो ।

    घटनामा १ जना घाइते भएका छन् । दशै नजिकिएसंगै घर पोत्नको लागि माटो लिन गएका बालक माटोको ढिस्को भत्किंदा पुरिएको प्रहरीले जनाएको छ ।

    घाइते ३८ वर्षीय चन्द्र बल रहेको प्रहरीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस