बोक्सी आरोपमा युवतिमाथि कुटपिट
धनगढीमा एक युवतीमाथि बोक्सीको आरोपमा कुटपिट भएको छ। धनगढी उपमहानगरपालिका– १३ कि एक युवतीलाई आफ्नै काकी नाता पर्ने फूलमाया रानाले बोक्सी आरोपमा कुटपिट गरेकी हुन्।
रानाले आइतबार किशोरीको घरमै गई विभिन्न लाञ्छना लगाउँदै कुटपिट गरेको पीडितका आफन्तले बताएका छन्।घटनापछि पीडित युवतीले विष सेवन गरेकी थिइन्। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पीडित किशोरीका आमा बुवासमेत नरहेको बुझिएको छ।
घटनाको सम्बन्धमा प्रहरीमा जाहेरी दिँदा पनि अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न चासो नदिएको आफन्तले बताएका छन्।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस