बोक्सी आरोपमा युवतिमाथि कुटपिट

धनगढीमा एक युवतीमाथि बोक्सीको आरोपमा कुटपिट भएको छ। धनगढी उपमहानगरपालिका– १३ कि एक युवतीलाई आफ्नै काकी नाता पर्ने फूलमाया रानाले बोक्सी आरोपमा कुटपिट गरेकी हुन्।
रानाले आइतबार किशोरीको घरमै गई विभिन्न लाञ्छना लगाउँदै कुटपिट गरेको पीडितका आफन्तले बताएका छन्।घटनापछि पीडित युवतीले विष सेवन गरेकी थिइन्। उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। पीडित किशोरीका आमा बुवासमेत नरहेको बुझिएको छ।
घटनाको सम्बन्धमा प्रहरीमा जाहेरी दिँदा पनि अहिलेसम्म प्रहरीले उनलाई पक्राउ गर्न चासो नदिएको आफन्तले बताएका छन्।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस