वर्षातका बेला झुपडी चुहिँदा अनिदोमै रात बिताउन बाध्य
कञ्चनपुरको वनहरा नदी तटीय क्षेत्रमा रहेको भूमिहीन बस्तीका बासिन्दा वर्षातका बेला झुपडी चुहिँदा अनिदोमै रात बिताउन बाध्य भएका छन्। झुपडी चुहिने भएपछि वर्षातको पानीबाट जिउ जोगाउनका लागि भूमिहीन परिवारलाई नजिकैको पुल मुनि ओत लाग्नुपर्दछ। झुपडीमा राखिएका प्लाष्टिकका त्रिपालले वर्षातको पानीभित्र छिर्नबाट नरोक्ने भएकाले उनीहरु पुलमुनि ओत लाग्न बाध्य भएका हुन्। हिउँदमा कठयांग्रिदो चिसोबाट बुढापाका र बालबालीकालाई जोगाउनका लागि भूमिहीन परिवार आगो बालेर रात काट्ने गरेका छन्। वनहरा नदीले पूर्वतर्फबाट र वर्षातको पानीले दक्षिणि क्षेत्र बाट जग्गा कटानको कार्य तिव्र बनाए पछि भूमिहीन परिवार बस्दै आएको बस्ती जोखिममा परेको छ। पुलमुनि ओत श्रीकृष्ण सामुदायिक वन छेउमा एक दशक बढी समय देखि बस्दै आएका परिवार भू क्षयका कारण जोखिममा परेपछि सुरक्षित बासस्थानको खोजीमा लागेका छन्। वर्षातका बेला नदीमा पानीको सतह बढन थालेपछि भूमिहीन परिवार बस्ती छाडेर सडकमा बस्ने गरेका छन्। पानी बाट बच्नका लागि नजिकैको पुल मुनि ओत लाग्ने गरेका छन्।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस