वर्षातका बेला झुपडी चुहिँदा अनिदोमै रात बिताउन बाध्य

कञ्चनपुरको वनहरा नदी तटीय क्षेत्रमा रहेको भूमिहीन बस्तीका बासिन्दा वर्षातका बेला झुपडी चुहिँदा अनिदोमै रात बिताउन बाध्य भएका छन्। झुपडी चुहिने भएपछि वर्षातको पानीबाट जिउ जोगाउनका लागि भूमिहीन परिवारलाई नजिकैको पुल मुनि ओत लाग्नुपर्दछ। झुपडीमा राखिएका प्लाष्टिकका त्रिपालले वर्षातको पानीभित्र छिर्नबाट नरोक्ने भएकाले उनीहरु पुलमुनि ओत लाग्न बाध्य भएका हुन्। हिउँदमा कठयांग्रिदो चिसोबाट बुढापाका र बालबालीकालाई जोगाउनका लागि भूमिहीन परिवार आगो बालेर रात काट्ने गरेका छन्। वनहरा नदीले पूर्वतर्फबाट र वर्षातको पानीले दक्षिणि क्षेत्र बाट जग्गा कटानको कार्य तिव्र बनाए पछि भूमिहीन परिवार बस्दै आएको बस्ती जोखिममा परेको छ। पुलमुनि ओत श्रीकृष्ण सामुदायिक वन छेउमा एक दशक बढी समय देखि बस्दै आएका परिवार भू क्षयका कारण जोखिममा परेपछि सुरक्षित बासस्थानको खोजीमा लागेका छन्। वर्षातका बेला नदीमा पानीको सतह बढन थालेपछि भूमिहीन परिवार बस्ती छाडेर सडकमा बस्ने गरेका छन्। पानी बाट बच्नका लागि नजिकैको पुल मुनि ओत लाग्ने गरेका छन्।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस