युवती जिस्क्याएको आरोपमा पक्राउ परेका पूर्वसभाषद रिहा
ललितपुर । युवतीमाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका पूर्वसांसद योगेन्द्र घिसिङ धरौटीमा रिहा भएका छन् । सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद घिसिङलाई जिल्ला प्रशासन कार्यालय, ललितपुरले ५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।
रत्नपार्कबाट ललितपुरको भैंसेपाटीसम्म जाने बसमा सवार घिसिङले २१ वर्षकी युवतीलाई दुर्व्यवहार गरेको भन्दै अन्य यात्रुले नियन्त्रणमा लिएका थिए । उनी संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद् बनेका थिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस