कपनमा हात र मुख बाँधेको अवस्थामा महिलाको शव

काठमाडौं – काठमाडौंको कपन एक महिलाको शव फेला परेको छ। कपनको तेन्जिङ चोकमा सोही स्थानमा डेरा गरि बस्ने ४० वर्षीय कमला कार्कीको शव फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कमलाको हात मुख बाँधेको अवस्थामा शव फेला परेको हो। घटनाको प्रकृति हेर्दा उनको हत्या भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार दोस्रो विवाह गरेर कपनमा बस्दै आएकी कमलाले सोही स्थानमा किराना र मदिरा पसल चलाउँदै आएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस