छोरा पाउने आशमा ३५ वर्षमै १२ पटक गर्भधारण, पाँच पटक गर्भपतन

हुम्लामा छोरा पाउनुपर्छ भन्ने पति र परिवारको दबाबले इच्छाविपरीत ३५ वर्षमै एक महिलाले १२ पटक गर्भधारण गरेकी छिन् । ताँजकोट गाउँपालिका–२ कटेल गाउँकी शर्मिला जैसीले १६ वर्षकै उमेरमा विवाह गरिन् । ३५ वर्ष पुगिसकेकी उनले १२ सन्तान गर्भमा राखिन् । सात छोरीको जन्म दिएकी उनले ज्यान जोखिममा राखी पाँचवटा गर्भ पतन गरिन् । जसको असरले अहिले उनको ज्यान कमजोर बनेको छ ।
अहिले पनि उनी गर्भवती छिन् । उनकै गाउँकी दाना जैसीले पनि आठ सन्तान जम्माइन् । छोरा पाउने आसले उनले ३९ वर्षको उमेरमा आठ सन्तान जन्माएकी हुन् । धरै सन्तान जन्माउँदा रगत बग्ने, ज्यान दुख्ने, खान मन नलाग्नेजस्ता समस्याले उनी पीडित छिन् । छोराको पर्खाइमा ज्यानको बाजी थापेर सन्तान जन्माउने शर्मिला र दाना जैसी गाउँका प्रतिनिधि आमा मात्र हुन् ।
आफ्नो वंश विस्तार हुने र मरेपछि दागबत्ती दिन छोरा नै हुनुपर्छ भन्ने परम्पराबाट ग्रसित पति, परिवार र समाजको दबाबमा हिमाली जिल्ला हुम्लाको गाउँका आमाहरु अहिले पनि इच्छाविपरीत छोरी जन्माउन बाध्य छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस