बिवाह गर्ने प्रलोभन देखाई १५ बर्षिया बालिका बलात्कार

१५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–निबुवा बस्ने मनवीर परियार रहेका छन् ।
१५ वर्षीया किशोरीलाई जबरजस्तीकरणी गरेको अभियोगमा परियारलाई प्रहरीले बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी बार्यालय बाँकेले जनाएको छ ।
परियारले बालिकालाई बिवाह गर्ने प्रलोभन देखाई आफ्नो घरमा बोलाई गत २९ गते जबरजस्तीकरणी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएकोा छ ।
जबरजस्तीकरणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस