पूर्वप्रेमीकालाई भेट्न गएका युवक प्रहरी खोरमा

कैलाली – आफ्नी पूर्वप्रेमीकालाई घेट्न पुगैका एक युवकसहित तीन जना प्रहरी खोरमा पुगेका छन्। उनीहरु आफै भने प्रहरीकोमा पुगेका होइनन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ११ मा पूर्व प्रेमीकालाई भेट्न दुई जना सहयोगीसहित पुगेका प्रहरी खोरमा पुगेका हुन।
विवाहित युवतीलाई भेट्न गएका कञ्चनपुर कृष्णपुर नगरपालिका वाणीका राजेश डगौरा र उनलाई सहयोग गर्न गएका कैलालीको घोडाघोडी नगरपालिका वडा नम्वर ११ का विरेन्द्र चौधरीलाई गाउँलेले समातेर जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाएका हुन्।
ति युवतीसंग विगतमा डगौराको प्रेम सम्वन्ध रहेको र उनलाई भेटन जाँदा गाउँलेले बाँधेर राखेको अवस्थामा सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएको प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनीमाथि कुटपिट समेत गरिएकोले अहिले उपचार भइरहेको उनले जानकारी दिए।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस