संविधान दिवसमा राजपाको ब्ल्याक आउट असफल
संविधान दिवसको विरोधमा जनकपुरमा गरिएको ब्ल्याक आउट कार्यक्रम असफल भएको छ । प्रदेश नम्बर दुईको सत्ताधारी दल राजपा नेपालले गरेको ब्ल्याक आउट कार्यक्रम असफल भएको हो । राजपा नेपालको निर्धारित कार्यक्रमअनुसार कार्यक्रम शुक्रबार बेलुकी जनकपुरस्थित जनक चोकमा एकत्रित भएका नेता तथा कार्यकर्ताहरुको एक समूहले साँझ ७ बजेदेखि १५ मिनेटसम्म ब्ल्याक आउट कार्यक्रम गरेको थियो ।
सो क्रममा राजपा नेपालका तर्फबाट प्रदेश सभाका प्रमुख सचेतक परमेश्वर साह तथा अध्यक्ष मण्डलका संयोजक प्रमोद यादव र संयोजक सदस्य ज्ञानेन्द्र झा ज्ञानु, महिला नेतृ बिन्दु ठाकुर सहितका नेतृहरुले सिटि बजाउँदै बिभिन्न पसल तथा सडक पेट्टिमा रहेका बिद्युत बल्बहरु बन्द गराउँन तागेता गरेपनि पसले तथा घरधनीहरुले त्यसको बेवास्ता गरिदिएका थिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस