बिहान छिटो उठे स्तन क्यान्सको खतरा कम हुने

तपाई बिहान कति बजे उठ्नुहुन्छ रु धेरैजसो मानिसहरु बिहानको समयमा मस्त निदाउँछन् । बिहानको निद्रा सबैलाई प्यारो हुन्छ । हालै एक अध्ययनले बिहान छिटो उठ्ने महिलामा अन्य महिलाको तुलनामा स्तन क्यान्सरको खतरा कम हुने देखाएको छ । बैज्ञानिकहरुले युके बायोबैंक स्टडी र ब्रेस्ट क्यान्सर एसोसिएशन कन्सोर्टियम स्टडीमा सहभागि चार लाख भन्दा बढि महिलाहरुको तथ्याङ्क विश्लेषण गरेका थिए । उक्त विश्लेषणमा छिटो उठ्ने महिलाहरुमा स्तन क्यान्सरको खतरा कम हुने देखाएको छ ।
स्तन क्यान्सरको लक्षण
–स्तन या निप्पलको साइजमा असामान्य बदलाव
–स्तन क्यान्सरको सुरुमा स्तनको गाँठामा पिडा हुँदैन
–एक स्तनमा रगतको नलि ज्यादा सफा देखिन्छ
–स्तनमा लगातार पिडा हुने
स्तन क्यान्सर बाट बच्ने उपाय
–हप्तामा तीन घण्टा दौडिने र १३ घण्टा पैदल हिंड्ने महिलामा स्तन क्यान्सर हुने संभावना २३ प्रतिशत कम हुने गर्छ
–गुटखा, तम्बाकु र धुम्रपानले मात्र नभई रक्सि सेवनले पनि स्तन क्यान्सर हुने खतरा हुन्छ । तसर्थ यी कुराहरुको सेवन बन्द गर्नुपर्छ
–हरिया सागपात तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नाले पनि स्तन कयान्सरबाट बच्न सकिन्छ
–शरीरको मोटोपनामा इस्ट्रोजन हर्मोनको मात्रा बढि हुन्छ । जसले गर्दा स्तन क्यान्सर हुने संभावना रहन्छ त्यसैले नियमित ब्यायम गर्नुपर्छ
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस