बिहान छिटो उठे स्तन क्यान्सको खतरा कम हुने
तपाई बिहान कति बजे उठ्नुहुन्छ रु धेरैजसो मानिसहरु बिहानको समयमा मस्त निदाउँछन् । बिहानको निद्रा सबैलाई प्यारो हुन्छ । हालै एक अध्ययनले बिहान छिटो उठ्ने महिलामा अन्य महिलाको तुलनामा स्तन क्यान्सरको खतरा कम हुने देखाएको छ । बैज्ञानिकहरुले युके बायोबैंक स्टडी र ब्रेस्ट क्यान्सर एसोसिएशन कन्सोर्टियम स्टडीमा सहभागि चार लाख भन्दा बढि महिलाहरुको तथ्याङ्क विश्लेषण गरेका थिए । उक्त विश्लेषणमा छिटो उठ्ने महिलाहरुमा स्तन क्यान्सरको खतरा कम हुने देखाएको छ ।
स्तन क्यान्सरको लक्षण
–स्तन या निप्पलको साइजमा असामान्य बदलाव
–स्तन क्यान्सरको सुरुमा स्तनको गाँठामा पिडा हुँदैन
–एक स्तनमा रगतको नलि ज्यादा सफा देखिन्छ
–स्तनमा लगातार पिडा हुने
स्तन क्यान्सर बाट बच्ने उपाय
–हप्तामा तीन घण्टा दौडिने र १३ घण्टा पैदल हिंड्ने महिलामा स्तन क्यान्सर हुने संभावना २३ प्रतिशत कम हुने गर्छ
–गुटखा, तम्बाकु र धुम्रपानले मात्र नभई रक्सि सेवनले पनि स्तन क्यान्सर हुने खतरा हुन्छ । तसर्थ यी कुराहरुको सेवन बन्द गर्नुपर्छ
–हरिया सागपात तथा फलफूल प्रशस्त मात्रामा खाने गर्नाले पनि स्तन कयान्सरबाट बच्न सकिन्छ
–शरीरको मोटोपनामा इस्ट्रोजन हर्मोनको मात्रा बढि हुन्छ । जसले गर्दा स्तन क्यान्सर हुने संभावना रहन्छ त्यसैले नियमित ब्यायम गर्नुपर्छ
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै



प्रतिक्रिया दिनुहोस