• जीवनशैली | Jiwanshaili
  • अनलाइन प्रणालीमा जान ढिलाइ, कम्पनी रजिस्टारमा समस्या



    काठमाडौं — सरकारले अधिकांश कार्यालयलाई प्रविधिमैत्री बनाउने घोषणा गरेको छ। केहीमा लागु पनि भएको छ। तर केही कार्यालय भने अझैं पुरानै ढर्रामा चलिरहेका छन्।
    यस्तैमध्येको एउटा कार्यालय हो कम्पनी रजिस्टारको कार्यालय। चालु वर्षको सुरुआतमै अनलाइन प्रणालीमा जाने घोषणा गरिएको उक्त कार्यालयमा अहिले पनि काम गर्न सेवाग्राहीलाई बढीमा पाँच दिनसम्म लाग्छ।
    कर्मचारी अभावकै कारण कम्पनी दर्तामा दुई चार दिन लाग्ने गरेको स्वयं कर्मचारी स्वीकारछन्। कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोष दहालले डिजिटल सिग्नेचरको कारणले अनलाइन प्रणालीमा जान ढिलो भएको दाबी गरे। अनलाइन प्रणालीमा जाने तयारी भइरहेको समेत उनले बताए।
    मन्त्रालयबाट कार्यबिधि पास भएर आएपछि घरबाट नै कम्पनी दर्ता र प्रमाण पत्र लिन सकिने उनले दाबी गरे।
    अनलाइन प्रणाली र डिजिटल सिग्नेचरको कार्यविधि बनाएर उद्योग मन्त्रालय पठाएको करिब १ महिना मात्रै भएको छ । कार्यालयले मन्त्रालयलाई पठाएको कार्यविधि स्वीकृत भएर आइसकेको छैन ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस