• जीवनशैली | Jiwanshaili
  • रक्सीले मातेका प्रअ जब कार्यक्रमस्थलमै पुगेर हल्ला गर्न थाले


    खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिमाको मुलाबारी आधारभूत विद्यालय निर्मलीडाँडाका प्रअ खम्बराज राइलार्ई प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरेर शैक्षिक कार्यक्रममा पुगेका उनलाई प्रहरीको जिम्मा लगाइएकोे मेयर दिपनारायण रिजालले बताए ।
    नगरपालिकाले सोमबार आयोजना गरेको प्राविका प्रअ र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको एक दिने अन्तरक्रियात्मक छलफल तथा प्रतिवद्धता कार्यक्रममा मादक रक्सीले मातेका उनी पुगेर हो–हल्ला गरेपछि प्रहरीलाई खबर गरिएको थियो।

    दिउँसोदेखि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएका प्रअलाई राति आफन्तको जिम्मामा छाडिएको प्रहरीले जनाएको छ । प्रअ राईमाथि नगरपालिकाले शिक्षा ऐन अनुसार कारबाही प्रकृयाअघि बढाएको जनाएको छ । नगरपालिकाको शिक्षा ऐनमा विद्यालय समयमा मादक पदार्थ सेवन गरेको प्रमाणित भएमा सेवाबाटै हटाउन सकिने व्यवस्था छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस