• जीवनशैली | Jiwanshaili
  • अपहरण गर्न खोज्ने तस्करमाथि प्रहरीको गोली


    मकवानपुर–  प्रहरीलाई अपहरण गर्न खोज्ने अवैध लागूऔषध गाँजा तस्करीमा संलग्नलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ। ना ६ ख १३१ नम्बरका ट्रक चालक पर्साको वीरगञ्ज महानगरपालिका–२९ का ३५ वर्षीय अफ्रिका चौधरीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको हो। अर्का घाइते प्रहरीको नाम गोप्य राखिएको छ।

    पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ मा सवारी जाँचका क्रममा प्रहरीलाई अपहरणको प्रयास गरेपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार पत्रकार सम्मेलन गरी बरामद गाँजा ७८ किलो आठ सय ग्राम र ट्रकसहित उनलाई सार्वजनिक गरेको थियो।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस