झगडा मिलाउन गएका असईको मोटरसाइकल दुर्घटनामा मृत्यु

गाउँमा झगडा भएको सूचना आएपछि मिलाउन हिँडेको नेपाल प्रहरीका एक जना असईको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ। इलाम नगरपालिका–५, बिब्ल्याँटेस्थित नेपाल प्रहरी बिटका इन्चार्ज असई रवि मगरको मोटरसाइकल दुर्घटनामा निधन भएको हो । शनिबार दिउँसो मोटरसाइकल ढुंगामा ठोक्किएर खस्दा ४८ वर्षे मगरको घटनास्थलमै मृत्यु भएको हो।
मगर गाउँमा झगडाको सूचना आएकाले मोटरसाइकलको पछाडिपट्टि बसेर त्यसतर्फ जाँदैथिए । चालक भने सामान्य घाइते भएका छन्।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस