दाहालको चरित्रहत्या गर्नेविरुद्ध प्रहरीमा उजुरी
चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा अश्लील पोष्ट गर्दै श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको हो ।
महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दर्ता गराएको छ । शनिबार चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडेर चरित्र हत्या गर्ने खालका विभिन्न पोस्टहरु गरेका थिए ।
विभिन्न समूह र व्यक्तिका नामबाट भएका यस्ता कार्यविरुद्ध जाहेरी दिइएको मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए । जाहेरी परेसँगै मेयर दाहालको चरित्र हत्या गर्ने खालका पोस्ट गर्नेहरुको खोजी शुरु गरिएको चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले बताए । उनले दोषीलाई आवश्यक कानुनी कारबाही गरिने जनाएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस