दाहालको चरित्रहत्या गर्नेविरुद्ध प्रहरीमा उजुरी

चितवन– भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको चरित्र हत्या गर्न खोज्नेविरुद्ध प्रहरीमा जाहेरी दर्ता गरिएको छ । सामाजिक सञ्जाल फेसबुकमा अश्लील पोष्ट गर्दै श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध भरतपुर महानगरपालिकाले जाहेरी दर्ता गरेको हो ।
महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दर्ता गराएको छ । शनिबार चितवनमा ज्ञानेन्द्र शाहीमाथि आक्रमण भएपछि केही सामाजिक सञ्जालका प्रयोगकर्ताले मेयर रेनु दाहालका तस्वीर जोडेर चरित्र हत्या गर्ने खालका विभिन्न पोस्टहरु गरेका थिए ।
विभिन्न समूह र व्यक्तिका नामबाट भएका यस्ता कार्यविरुद्ध जाहेरी दिइएको मेयर दाहालका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीले जानकारी दिए । जाहेरी परेसँगै मेयर दाहालको चरित्र हत्या गर्ने खालका पोस्ट गर्नेहरुको खोजी शुरु गरिएको चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले बताए । उनले दोषीलाई आवश्यक कानुनी कारबाही गरिने जनाएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस