• जीवनशैली | Jiwanshaili
  • आज अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस, राष्ट्रपति तथा प्रधानमन्त्री द्वारा शुभकामना ब्यक्त


    राष्ट्रपति विद्यादेवी भण्डारीले अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस १ अक्टोबर २०१९ ९२०७६ साल असोज १४० का अवसरमा राष्ट्रका सम्पूर्ण ज्येष्ठ नागरिकको सुखी, स्वास्थ्य र सम्मानित जीवनका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

    “दिवसका अवसरमा म ज्येष्ठ नागरिकको हक अधिकारका लागि अमूल्य योगदान दिने सम्पूर्ण ज्येष्ठ नागरिक तथा अभियन्तालाई उच्च सम्मान र आदर व्यक्त गर्दछु”, राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ । उहाँले माया, ममता र करुणाका खानी ज्येष्ठ नागरिकको संरक्षकत्व प्राप्त गरी हजुरबा, हजुरआमा, आमाबुबा, छोराछोरी र नातिनातिना एउटै परिवारमा अटाउने पूर्वीय दर्शनमा आधारित आदर्श परिवार बनाउन आजको दिनले सम्बद्ध सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित ज्येष्ठ नागरिकको जीवनलाई सम्मानित, मर्यादित र सुखमय बनाउन सबैसँग आह्वानसमेत गर्नुभएको छ ।

    राष्ट्रपति भण्डारीले ज्येष्ठ नागरिक ज्ञान र अनुभवका महत्वपूर्ण स्रोत भएकाले राज्यले उनीहरुको ज्ञान र अनुभवलाई समुचित उपयोग गर्नेतर्फ ध्यान दिनु जरुरी रहेको सन्देशमा उल्लेख छ । सन्देशमा भनिएको छ, “नेपालको संविधान, कानून र नीतिले ज्येष्ठ नागरिकको हक अधिकारलाई संरक्षण गरेको छ, जसलाई व्यावहारिक कार्यान्वयन गर्नुपर्ने आजको टड्कारो आवश्यकता भएको मैले महसुस गरेको छु, संविधानको भावनाअनुरुप राज्यले सीमित स्रोतका बाबजुद ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता र विभिन्न सेवासुविधा प्रदान गर्दै आएको कुरा निश्चय नै खुशीको कुरा हो ।”

    प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्रको सामाजिक–आर्थिक रुपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताउनुभएको छ । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका उपलक्ष्यमा शुभकामना सन्देश दिँदै उहाँले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरणको सिर्जना गर्दै गरेको जनाउनुभएको छ


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस