ज्येष्ठ नागरिकलाई मासिक भत्ता पाँच हजार रुपैँया पुर्याउँछु: प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो पाँचवर्ष कार्यकालमै मासिक पाँच हजार रुपियाँ पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपालमा पहिलोपटक विसं २०५१ मा स्वर्गीय मनमोहन अधिकारीको नेतृत्वमा बनेको सरकारले मासिक एक सय रुपियाँबाट सुरु गरेको ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता २०७६ साउनदेखि तीन हजार रुपियाँ पुर्याइएको छ।
अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको उपलक्ष्यमा मङ्गलबार शुभकामना सन्देश दिँदै उनले सरकारले ज्येष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गर्दै गरेको जनाएका छन् प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा ज्येष्ठ नागरिकबाट प्राप्त हुने प्रज्ञा, सीप र अनुभवलाई राष्ट्र को सामाजिक आर्थिक रूपान्तरण एवं विकासका लागि परिचालन गर्नुपर्ने बताएका छन्।
व्यक्ति को सरदर आयुमा भएको वृद्धिसँगै हाम्रो समाजमा पनि ज्येष्ठ नागरिकको जनसंख्या तीव्र गतिमा बढ्दै गएको र अहिले करिब ३० लाख पुगेको उल्लेख गर्दै सन्देशमा प्रधानमन्त्रीले भनेका छन् आफ्नो कर्जाशील समय कुनै न कुनै रूपमा राष्ट्रका लागि समर्पित गर्ने ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने क्रममा वर्तमान सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्तालगायत विभिन्न कार्यक्रम सञ्चालन गरेको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस