इटहरीमा युवतीलाई अपहरणशैलीमा पाँच युवाद्वारा सामुहिक बलात्कार

सुनसरीको इटहरीमा सोमबार मध्यरातमा ५ जना युवाहरुले युवतीलाई बलात्कार गरेका छन । इटहरीको धरान विराटनगर सडक खण्डको साथी पेट्रोल पम्प नजिक एक युतवीलाई बाटोकै छेउमा बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
धरानबाट को १ ख ४६२६ नम्बरको वसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालै पालो बलात्कार गरेको प्रहरीले बताएको छ । उनीहरुलाई जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परिक्षणको लागि पठाईएको थियो । उनीहरुले सडक छेउमै गरेको हर्कतबारे स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
इलाका प्रहरी कार्यलय इटहरीले बलात्कार आरोपमा सुन्दरहरैचा १२ का बस चालक विकास कसई,झापा सुरुङ्गा ४ का सुरज थापा, सिरहाका सुजेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको । घट्नामा संलग्न रहेको बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस