इटहरीमा युवतीलाई अपहरणशैलीमा पाँच युवाद्वारा सामुहिक बलात्कार
सुनसरीको इटहरीमा सोमबार मध्यरातमा ५ जना युवाहरुले युवतीलाई बलात्कार गरेका छन । इटहरीको धरान विराटनगर सडक खण्डको साथी पेट्रोल पम्प नजिक एक युतवीलाई बाटोकै छेउमा बलात्कार गरेको भन्दै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
धरानबाट को १ ख ४६२६ नम्बरको वसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालै पालो बलात्कार गरेको प्रहरीले बताएको छ । उनीहरुलाई जिल्ला अस्पताल इनरुवामा स्वास्थ्य परिक्षणको लागि पठाईएको थियो । उनीहरुले सडक छेउमै गरेको हर्कतबारे स्थानीयले प्रहरीलाई खवर गरेका थिए ।
इलाका प्रहरी कार्यलय इटहरीले बलात्कार आरोपमा सुन्दरहरैचा १२ का बस चालक विकास कसई,झापा सुरुङ्गा ४ का सुरज थापा, सिरहाका सुजेन्द्र भुजेललाई प्रहरीले पक्राउ गरेको । घट्नामा संलग्न रहेको बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेको इलाका प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस