• जीवनशैली | Jiwanshaili
  • यौनकाण्डमा मुछिएका महरा प्रकरणमा घटनास्थलबाट रक्सीका बोतल र कपडा बरामत


    जबरजस्तीकरणीकोआरोप लागेपछि सभामुख पदका राजीनामा दिएका कृष्णबहादुर महराको प्रकरणमा प्रहरीले अनुसन्धान थालेको छ ।

    मंगलबार दिउँसो घटना भएको भनिएको सुविधानगरस्थित पीडितको घरबाट रक्सीका बोतल, कपडा र अन्य सबुत संकलन गरिएको प्रहरीस्रोतले बतायो ।

    अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘हामीले सीसी टीभी फुटेज संकलन गरेर पनि विश्लेषण थालेका छौं ।’

    आफ्नै कर्मचारीले जबरजस्तीकरणीको आरोप लगाएपछि महराले मंगलबार दिउँसो पदबाट राजीनामा दिएका छन् ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस