प्रअ र कार्यालय सहयोगी घुससहित पक्राउ
कपिलवस्तुको एक विद्यालयका प्रधानाध्यापक र कार्यालय सहयोगीलाई ४० हजार घुससहति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शिवराज नगरपालिका ६ विशुनपुर स्थित श्री बाल ज्योति माविका प्रधानाध्यापक रविन्द्रप्रसाद मौर्य र सोही विद्यालयका कार्यालय सहयोगी रामकुमार लोनिया रहेका छन्।
उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवलको टोलीले चन्द्रौटाको न्यू सिद्धार्थ होटलबाट घुस रकमसहित पक्राउ गरेको हो। पक्राउ परेका प्रधान अध्यापक मौर्यले विज्ञान शिक्षक भर्ना गर्ने उद्देश्यले सो रकम मागेको बताइएको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस