महोत्तरीमा बौलाहा कुकुरको टोकाइबाट पचास भन्दा बढी घाईते
महोत्तरीमा एक बौलाहा कुकुरले पचास जना भन्दा बढीलाई टोकेर घाईते बनाएको छ ।।सदरमुकाम जलेश्वरमा बौलाहा कुकुरले आतंक मच्चाएको छ । बौलाहा कुकुरको टोकाइबाट मंगलबार साँझसम्ममा दशै मेला हेर्न गएका ५० भन्दा बढीलाई टोकेको हो ।
कुकुरको टोकाइबाट घाइते भएकाहरुको उपचार जिल्ला अस्पताल जलेश्वरमा भइरहेको छ ।
बौलाहा कुकुरको खोजी कार्य जारी रहेको महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उनले जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बौलाहा कुकुर खोजेर मार्नको लागि पठाईसकेको जानकारी दिए ।
रातिको समय भएकोले बौलाहा कुकुरलाई खोज्न निकै समस्या भएको र यसमा स्थानीयबासिन्दाको सहयोग आवश्यकता रहेको उपरीक्षक अधिकारीको भनाई छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस