लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापालाई,श्रीपेच र पगरी लगाएर राजा घोषित

दशौं लिगलिगे दौडको उपाधि पर्वतका अनिष थापाले हात पारेका छन् । १३.८ किलोमिटर दूरी ५७ मिनेट ५५ सेकेण्डमा पार गर्दै उननले उपाधि जितेका हुन् ।
दौड जितेसँगै अनिषलाई बिहीबार नै श्रीपेच र पगरी लगाएर लिगलिगे राजा घोषित गरिएको छ । ‘श्रीपेचसहित उहाँलाई मोटरमा राखेर नगर परिक्रमा गराउछौ,’ पालुङटार नगरपालिकाका मेयर दिपकवावु कंडेलले भने, ‘राजा बनाएर आज एक रात यही लिगलिगकोटमा राख्छौं ।’
थापालाई ६० हजार नगद पुरस्कारको साथमा ट्रफि, मेडल र प्रमाणपत्र पनि उपलब्ध गराइएको उनले बताए । एक वर्षसम्म लिगलिगकोटको दूत रहने गरी व्याज पनि उपलब्ध गराइएको छ ।
प्रतियोगितामा नेपाली सेनाका खगेन्ऽबहादुर भाट दोस्रो भएका छन् । एक घण्टा १ मिनेट ८ सेकेण्डमा उनले निर्धारित दूरी पार गरेका छन् । उनले ३५ हजार नगद पुरस्कार पाए ।
एक घण्टा १ मिनेट ३४ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै रामजी बस्नेत तेस्रो भए । उनले नगद २५ हजार पुरस्कार पाएका छन् ।
१६६ जना सहभागी दौडमा दशौं स्थानसम्म हासिल गर्ने सहभागीलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस