यात्रुसँग मनलाग्दी भाडा असुल्ने सवारीको चेकजाँचमा कडाइ

दशैँ मनाएर राजधानी काठमाण्डौँतर्फ फर्किने यात्रुसँग यातायात व्यवसायीले मनलाग्दी भाडा असुल गर्न थालेपछि सप्तरीका सडकमा चेकजाँचमा कडाइ गरिएको छ ।
इलाका प्रहरी कार्यालय कडरबोना र अस्थायी ट्राफिक प्रहरी पोष्ट कदमाहाको संयुक्त टोलीले पूर्वका विभिन्न स्थानबाट आउने सवारी साधनलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुरुङ्गा नगरपालिका– ६ कडरबोनामा रोकेर यात्रुसँग भाडा के कति लिइएको हो सोधपुछ थालेको छ ।
इलाका प्रहरी कार्यालय कडरबोनाका प्रमुख प्रहरी निरीक्षक रामराजा केशरीका अनुसार जाँचका क्रममा करीब २० जना यात्रुबाट बढी भाडा लिइएको रु सात हजार रकम फिर्ता गराइएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कानूनबमोजिम जरिवानासमेत गरी चालक तथा सहचालकलाई सम्झाइबुझाइ गरी गन्तव्यतर्फ पठाइएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
गन्तव्यमा पुग्नैपर्ने यात्रुलाई बाध्य पारेर बढी भाडा लिने गरिएको भन्दै प्रहरी निरीक्षक केशरीले त्यस्ता सवारीलाई रकम फिर्ता गराई कारबाही चालिएको र सवारी गतिसमेत चेकजाँच गर्न थालिएको बताए ।
राजमार्गमा सवारी दुर्घटना बढेकाले विभिन्न चारपाङ्ग्रे सवारी साधन र मोटरसाइकलका चालक समेतलाई रोकी ट्राफिक नियम र दुर्घटना न्यूनीकरण गर्न जनसचेतनामूलक कार्य गरिएको जिल्ला ट्राफिक प्रहरी प्रहरी कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस