निर्दयी पुरुष जसले आफ्नै छोरी र श्रीमतीको भरुवा बन्दुकले हानी हत्या गरे

सिन्धुली : मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। गोलन्जोर गाउपालिका–६ नाकाजुलीका ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले हानी हत्या गरेका हुन्। मादक पदार्थ सेवन गरेका टेकबहादुर श्रीमती किरणसँग विवाद गरी सुतेको थिए। तर, सुतेको केही समयपछि पुनः राति ११ बजे घरमा रहेको भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोरीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। टेकबहादुरले श्रीमती, छोरी र छोरा सुतिरहेको कोठामा गई बन्दुकले हानेको प्रहरीले बताएको छ। बन्दुकको गोलीले श्रीमतीको घाँटी र छोरीको कन्चटमा लागी घटनास्थलमा नै दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। प्रहरी उपरीक्षक सिंहका अनुसार टेकबहादुरले धारिलो हतियार प्रहार गरी छोरा १९ वर्षीय कृष्णलाई पनि घाइते बनाएका छन्। कृष्णको गर्धन र बाया हातमा चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। टकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस