निर्दयी पुरुष जसले आफ्नै छोरी र श्रीमतीको भरुवा बन्दुकले हानी हत्या गरे
सिन्धुली : मादक पदार्थ सेवन गरी सामान्य घरायसी विवादमा एक पुरुषले श्रीमती र छोरीको हत्या गरेका छन्। गोलन्जोर गाउपालिका–६ नाकाजुलीका ५० वर्षीय टेकबहादुर मस्राङगीले ४५ वर्षीया श्रीमती किरण र १७ वर्षीया छोरी प्रेमसुको भरुवा बन्दुकले हानी हत्या गरेका हुन्। मादक पदार्थ सेवन गरेका टेकबहादुर श्रीमती किरणसँग विवाद गरी सुतेको थिए। तर, सुतेको केही समयपछि पुनः राति ११ बजे घरमा रहेको भरुवा बन्दुक प्रहार गरेर श्रीमती र छोरीको हत्या गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। टेकबहादुरले श्रीमती, छोरी र छोरा सुतिरहेको कोठामा गई बन्दुकले हानेको प्रहरीले बताएको छ। बन्दुकको गोलीले श्रीमतीको घाँटी र छोरीको कन्चटमा लागी घटनास्थलमा नै दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। प्रहरी उपरीक्षक सिंहका अनुसार टेकबहादुरले धारिलो हतियार प्रहार गरी छोरा १९ वर्षीय कृष्णलाई पनि घाइते बनाएका छन्। कृष्णको गर्धन र बाया हातमा चोट लागेको छ। उनलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली पठाइएको छ। टकबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस