विराटनगरमा दाइजो नदिएको भन्दै २२ वर्षीया श्रीमतीको निर्मम हत्या
दाइजो नदिएको भन्दै एक महिलाको निर्ममहत्या भएको छ । विराटनगर–११ पञ्चमुखी चोकका मनिकचन्द सहनीकी २२ वर्षीया छोरी रञ्जुदेवी सहनी ९बहरदार० को जोगवनीमा हत्या भएको हो ।
रन्जुको हत्यापछि भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै शवलाई पानीमा डुबाएर राखेको अवस्थामा भेटिएको छ । उनको शव स्थानीयबासीले खोलामा देखेपछि जोगबनी प्रहरीलाई खबर गरेका थिए । प्रहरीको निर्देशनमा मृतकका शवलाई आफन्तले खोलाबाट निकालिसकेका छन् ।
शवको पोष्टमार्टमपछि नेपाल ल्याएर दाहसंस्कार गरिने मृतकका माइती पक्षले बताएका छन् । हत्यामा संग्लन चार जनालाई भारतीय प्रहरीले नियन्त्रण गरेको छ । जोगबनी प्रहरी थानाका ईन्चार्ज अफताब अहमदका अनुसार रन्जुका श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखियालाई नियन्त्रणमा लिइएको छ ।
हत्यामा संलग्न चारजना विरुद्ध रन्जुका माइती पक्षले भारतीय प्रहरी समक्ष ज्यान मुद्दा दर्ता गराएका छन् । नियन्त्रणमा परेका ४ जनामाथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भइसकेको जोगबनी प्रहरी थानाले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस