श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेपछि हत्या

श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।
नगरपालिकाको वडा नम्बर १ भरुवा का धिरेन्द्र थापाले श्रीमती जानकी विकको कुटपिट गरि हत्या गरेका हुन् । घटना २१ गतेको भएपनि कुटपिटबाट घाइते महिलाको २४ गते मृत्यु भएको थियो ।
कुटपिटपछि नेपालगञ्जबाट उपचार गराएर आएकी विकलाई फेरि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
कुटपिटमा संलग्न थापालाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस