श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेपछि हत्या
श्रीमतीलाई आफ्नै घरमा परपुरुषसंग भेटेपछि कैलालीको लम्कीचुहा नगरपालिकामा एक जनाले श्रीमतीको हत्या गरेका छन् ।
नगरपालिकाको वडा नम्बर १ भरुवा का धिरेन्द्र थापाले श्रीमती जानकी विकको कुटपिट गरि हत्या गरेका हुन् । घटना २१ गतेको भएपनि कुटपिटबाट घाइते महिलाको २४ गते मृत्यु भएको थियो ।
कुटपिटपछि नेपालगञ्जबाट उपचार गराएर आएकी विकलाई फेरि उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।
कुटपिटमा संलग्न थापालाई पक्राउ गरि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस