आफ्नै दिदीमाथि खुकुरी प्रहार
सुनसरी- सुनसरीको इटहरीमा दिदीमाथि आफ्नै भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् । सुनसरीको इटहरी– १९ २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् । दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् । अहिले प्रहरी घटनास्थल पुगिसकेको छ ।
घाइते दुबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् । खुकुरी प्रहार गरिएकी दिदी र आफ्नो समेत घाँटी रेट्ने उदिप दुबैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस