आफ्नै दिदीमाथि खुकुरी प्रहार

सुनसरी- सुनसरीको इटहरीमा दिदीमाथि आफ्नै भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् । सुनसरीको इटहरी– १९ २६ वर्षीय उदिप राईले ३१ वर्षीया दिदी मिनु राईमाथि मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार गरेका हुन् । दिदीमाथि खुकुरी प्रहार गरेपछि उनले आफ्नै घाँटी समेत रेटेका छन् । अहिले प्रहरी घटनास्थल पुगिसकेको छ ।
घाइते दुबैलाई उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको इटहरी इलाका प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले जानकारी दिएका छन् । खुकुरी प्रहार गरिएकी दिदी र आफ्नो समेत घाँटी रेट्ने उदिप दुबैको अवस्था चिन्ताजनक रहेको जनाइएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस