सुत्केरी पशुलाई भत्ता

पाल्पा रामपुरको सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको छ ।
पशुपालन व्यावसायमा कृषकलाई हौसला बढाउन सहकारीले गत आर्थिक वर्षमा सुत्केरी भएका ८४ पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको हो । सहकारीमा बीमा गरेका पशु सुत्केरी भएबापत पोषण खर्चस्वरुप रु ५०० प्रदान गर्दै आएको व्यवस्थापक भविनारायण मरासिनीले बताउनुभयो ।
“सहकारीमा बिमा भएका पशु सुत्केरी भएपछि पोषण खर्च प्रदान गरिरहेका छौँ, यस कार्यक्रमले संस्थाप्रति कृषकको आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो । सहकारीमा आबद्ध कृषकको घरघरमा नै पुगेर सहकारीले कर्मचारी परिचालन गरी बीमा गर्ने गरेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस