सुत्केरी पशुलाई भत्ता
पाल्पा रामपुरको सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको छ ।
पशुपालन व्यावसायमा कृषकलाई हौसला बढाउन सहकारीले गत आर्थिक वर्षमा सुत्केरी भएका ८४ पशुलाई सुत्केरी पोषण खर्च वितरण गरेको हो । सहकारीमा बीमा गरेका पशु सुत्केरी भएबापत पोषण खर्चस्वरुप रु ५०० प्रदान गर्दै आएको व्यवस्थापक भविनारायण मरासिनीले बताउनुभयो ।
“सहकारीमा बिमा भएका पशु सुत्केरी भएपछि पोषण खर्च प्रदान गरिरहेका छौँ, यस कार्यक्रमले संस्थाप्रति कृषकको आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो । सहकारीमा आबद्ध कृषकको घरघरमा नै पुगेर सहकारीले कर्मचारी परिचालन गरी बीमा गर्ने गरेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस