नेपालगन्जमा महिला प्रहरी बलात्कृत
नेपालगन्जमा एक प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी हुन्।सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक(सई)बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन्। प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिईन्। सई रानाले आफुलाई विभिन्न दबाव दिएर जबरजस्ती बलात्कार गरेको पीडितको भनाई छ।
महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले सई रानालाई पक्राउ गरिसकेको जनाएको छ। कर्णाली प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक ९डिआईजी० पुर्णचन्द्र जोशीले बलात्कारको घटना सार्वजनिक भएपछि पीडितको बयानका आधारमा सई रानामाथी अनुसन्धान सुरु गर्न निर्देशन दिइएको बताए।
पीडितको जाहेरीका आधारमा रानालाई पक्राउ गरी अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी शिव सिंहले जानकारी दिए। सई रानाले महिला प्रहरी प्रशिक्षार्थीलाई तालिम केन्द्रभित्र बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले बताए। ‘प्रतिवादी रानालाई घटनाको अनुसन्धानका लागि जबरजस्ती करणी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिसकेका छौं,’ सिंहले भने।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस