ग्यास्ट्रिकको औषधिमा क्यान्सरको गुण,सतर्कता अपनाउन आग्रह
औषधि वयवस्था विभाग (डीडीए)ले उत्पादन र पैठारीकर्तालाई ग्यास्ट्रिकमा उपयोग गरिने ‘रेनिटिडिन’ औषधिमा हालै देखिएको अशुद्धताले क्यान्सर उत्पन्न गराउने सम्भावना देखिएको जनाउँदै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । यो औषधिले पेटमा एसिड उत्पादनमा कमी ल्याउँछ । यसको उपयोग सामान्यरुपमा ‘गास्ट्रोओसोफेगल रिफ्लक्स’लगायत अन्य समस्यामा गरिन्छ ।
डीडीएका अनुसार अन्य मुलुकमा केही ‘रेनिटिडिन’मा ‘नाइट्रोसमिन इम्प्युरिटी’ र ‘नाइट्रोसोडिमिथाइलमाइन’ धैरै मात्रमा रहेको र उक्त अशुद्धतालाई ‘इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ले मानिसमा क्यान्सर गराउन सक्ने भनी वर्गीकरण गरेको छ ।
क्याटेगोरी : स्वास्थ्य शैली
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक


प्रतिक्रिया दिनुहोस