नेपालमै यस्तो गाउँ जहाँ जमिनको मालिक महिला मात्रै
बाँके जिल्लामा एउटा यस्तो गाउँ छ जहाँ अधिकांश जग्गा जमिनको मालिक महिला मात्रै छन् । सो गाउँमा रहेका जग्गा, जमिन, बैङ्क खाता महिलाको नाममै रहेको छ । त्यो हो, बाँकेको जानकी गाउँपालिका–३ स्थित बन्जारेगाउँ । नेपालगन्जबाट करिब सात किलोमिटर पश्चिम–दक्षिणम अवस्थित सो गाउँमा मधेसी र मुस्लिम समुदायको बसोबास बढी छ ।
उक्त गाउँका बासिन्दासँग धेरै जग्गाजमिन नभए पनि भएजति सबै महिलाकै नाममा रहेको वडा नम्बर ३ का वडाध्यक्ष बिन्देश्वरी कुर्मीले बताउनुभयो ।
सो गाउँका २५० भन्दा बढी महिलाको नाममा घरजग्गालगायतको सम्पत्ति रहेको वडाध्यक्ष कुर्मीले जानकारी दिनुभयो । आफूले पनि सबै जग्गा श्रीमती कृष्णाकुमारी कुर्मीको नाममा राखेको जनाउँदै उहाँले श्रीमतीलाई अधिकारसम्पन्न बनाएको बताउनुभयो ।
बन्जारेगाउँका अधिकांश पुरुष मजदुरीको काम गर्छन् भने महिलाले घरभित्रको । जग्गा आफ्नो नाममा भएपछि महिलाहरू पनि खुसी छन् । स्थानीय २४ वर्षीया आश्मा वागवानले छोरा हुदाँहँुदै ससुराले आफ्नो नाममा जग्गा राखेकाले खुसी भएको बताउनुभयो । ससुराले आफूलाई छोरीसमान व्यवहार गरेको पनि उहाँले बताउनुभयो ।
बन्जारेगाउँकी ५४ वर्षीया फातिमा वागवान पनि एक कट्ठा जमिनको मालिक हुनुहुन्छ । डेढ वर्ष मात्रै भयो उहाँको नाममा एक कट्ठा जमिन दर्ता छ । फाति९माका श्रीमान्, एक छोरा र तीन छोरी छन् तर पनि उहाँका ससुराले जग्गा उहाँकै नाममा राख्नुभएको छ ।
आफ्नो नाममा जग्गा भएपछि आफूलाई निकै खुसी लागेको जनाउँदै उहाँले यसबाट महिलाको मानसम्मान वृद्धि भएको महसुस भएको बताउनुभयो । फाति९माजस्तै ६५ वर्षीया आयसा वेहनाको नाममा पनि जग्गा छ । भएको पाँच धुर जग्गा पाँच वर्षअघि मात्रै उहाँका श्रीमान्ले नै उहाँको नाममा दर्ता गरिदिनुभएको थियो ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस