• जीवनशैली | Jiwanshaili
  • प्रहरीद्वारा एकल महिलामा माथि बलात्कार


    सुनसरीमा एकजना प्रहरीमाथि बलात्कारको आरोप लागेको छ ।

    धरान उपमहानगरपालिका–४, पत्रङबारी प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीमाथि स्थानीय एकल महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।

    ‘पीडित’ महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि अधिकारीलाई पक्राउ गरिएको छ ।

    शनिबार नै धरान–४ का वडासदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानबाट घटनास्थल गइ प्रहरीले मुचुल्का तयार गरेको छ ।

    श्रीमान्को मृत्युपश्चात् ती महिला चार छोराछोरीसहित पत्रङबारीस्थित घरमा बस्दै आएकी छन् ।

    मादकपदार्थको नशामा रहेका प्रहरी सहायक निरीक्षक अधिकारीले गएको बुधबार मध्यरातमा घरमा सुतिरहेका बेला घरमा प्रवेश गरी आफूलाई बलात्कार गरेको बयान ती महिलाले प्रहरीसमक्ष दिएकी छन् ।

    ती महिलाको उजुरी दर्ता गरी प्रहरी सहायक निरीक्षक अधिकारीलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान थालिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस