प्रहरीद्वारा एकल महिलामा माथि बलात्कार
सुनसरीमा एकजना प्रहरीमाथि बलात्कारको आरोप लागेको छ ।
धरान उपमहानगरपालिका–४, पत्रङबारी प्रहरीचौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक पिताम्बर अधिकारीमाथि स्थानीय एकल महिलाले बलात्कारको आरोप लगाएकी हुन् ।
‘पीडित’ महिलाले शनिबार इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरी दिएपछि अधिकारीलाई पक्राउ गरिएको छ ।
शनिबार नै धरान–४ का वडासदस्य धनबहादुर कुलुङसहित इलाका प्रहरी कार्यालय धरानबाट घटनास्थल गइ प्रहरीले मुचुल्का तयार गरेको छ ।
श्रीमान्को मृत्युपश्चात् ती महिला चार छोराछोरीसहित पत्रङबारीस्थित घरमा बस्दै आएकी छन् ।
मादकपदार्थको नशामा रहेका प्रहरी सहायक निरीक्षक अधिकारीले गएको बुधबार मध्यरातमा घरमा सुतिरहेका बेला घरमा प्रवेश गरी आफूलाई बलात्कार गरेको बयान ती महिलाले प्रहरीसमक्ष दिएकी छन् ।
ती महिलाको उजुरी दर्ता गरी प्रहरी सहायक निरीक्षक अधिकारीलाई पक्राउ गरिएको र घटनाबारे अनुसन्धान थालिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले बताए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस