धनुषामा शिक्षकद्वारा दुई बालिकामाथि पटक पटक बलात्कार

धनुषामा एक शिक्षक द्वारा दुइ बालबालिका माथि पटक पटक बलात्कार गरेको घटना सार्बजनिक भएको छ । धनुषाको मिथिला नगरपालिका मा रहेको ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा पढाउने ४३ बर्षीय टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती करणी गरेको घटना बाहिर आएको हो ।
लेझापाको मेचीनगर नगरपालिका ३ घर भएका शिक्षक टेकेन्द्र ढल्केबर एकेडेमी स्कुलमा बसेर समाजिक विषय अध्यापन गराउँदै आएका थिए ।
दशैँअघि देखि नै बिदाको दिनको मौका छोपी मिनी बोडर्समा पढ्दै गरेकी ती दुई जना बालिकालाई शिक्षक टेकेन्द्रले ललाइफकाइ तथा धम्की दिँदै पटक पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । कसैलाई भने, ज्यान लिने धम्की दिँदै आएका कारण ती पीडित दुई जना बालिकाले घटना गोप्य राखेको बताइएको छ । आरोपी शिक्षकमाथि जबर्जस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस