धनुषामा शिक्षकद्वारा दुई बालिकामाथि पटक पटक बलात्कार
धनुषामा एक शिक्षक द्वारा दुइ बालबालिका माथि पटक पटक बलात्कार गरेको घटना सार्बजनिक भएको छ । धनुषाको मिथिला नगरपालिका मा रहेको ढल्केबर एकेडेमी बोर्डिङ स्कुलमा पढाउने ४३ बर्षीय टेकेन्द्र दाहालले पटक पटक जबर्जस्ती करणी गरेको घटना बाहिर आएको हो ।
लेझापाको मेचीनगर नगरपालिका ३ घर भएका शिक्षक टेकेन्द्र ढल्केबर एकेडेमी स्कुलमा बसेर समाजिक विषय अध्यापन गराउँदै आएका थिए ।
दशैँअघि देखि नै बिदाको दिनको मौका छोपी मिनी बोडर्समा पढ्दै गरेकी ती दुई जना बालिकालाई शिक्षक टेकेन्द्रले ललाइफकाइ तथा धम्की दिँदै पटक पटक जबर्जस्ती करणी गर्दै आएको खुलेको छ । कसैलाई भने, ज्यान लिने धम्की दिँदै आएका कारण ती पीडित दुई जना बालिकाले घटना गोप्य राखेको बताइएको छ । आरोपी शिक्षकमाथि जबर्जस्ती करणीको मुद्दा दायर गरी थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रामकुमार यादवले जानकारी दिएका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस