चितवन अस्पतालमा तोडफोड
चितवन – चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले तोडफोड गरेका छन् ।
नाकमा समस्या भएर ल्याइएकी नवलपरासीकी आशा ज्ञवालीको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनीहरुका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, गेटलगायतका क्षेत्रमा तोडफोड गरेका छन् ।
मृतकका आफन्तले कलेजले लापरवाही गरेर बिरामीको ज्यान गएको आरोप लगाएका छन् । झण्डै दुई सयको संख्यामा आएका मृतकका आफन्तको टोली कलेजमा तोडफोड गरेका हुन्।
चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले तोडफोडमा संग्लनहरुलाई पक्राउ गरिएको जानकारी दिए । तोडफोड नियन्त्रण गर्न प्रहरीले केही सेल अश्रु ग्यास प्रहार गरेको छ । अस्पतालमा प्रहरीले सुरक्षा दिएको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस