मालपोतका दुई जना कर्मचारी घुससहित पक्राउ
तनहुँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले मालपोत कार्यालय पोखराका दुई जनालाई घुस सहित पक्राउ गरेको छ ।
आइतबार दुई जनालाई सेवाग्राहीसँग घुस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको हो । मालपोत कार्यालय लेखनाथका खरीदार भानु नगरपालिका–६ तनहुँका प्रकाश पौडेल र लेखापढी व्यवसायी फलेवास नगरपालिका–१ पर्वतका मनोहरी भट्टराईलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
जग्गा नामसारीका लागि कार्यालय पुगेका सेवाग्राहीसँग उनीहरुले १२ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले अपराह्न साढे ४ बजे नियन्त्रणमा लिएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस