• जीवनशैली | Jiwanshaili
  • हतियारसहित नेपाल पस्योे भारतीय प्रहरी


    कपिलवस्तु– भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिबिआई० टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अपहरणशैलीमा भारत लगेको छ।

    जिल्लाको मायादेबी गाउँपालिका १ पकडी चौराहाबाट आधा दर्जनको संख्यामा रहेको सिबिआईको टोलीले गाउँपालिका ४ का ४० बर्षे रमजान मुसलमानलाई भारतीय नम्बर प्लटेको स्कार्पियो गाडीमा हालेर लगेको प्रत्यक्षदर्शीले बताए।

    भारतीय सुरक्षाकर्मीले त्यसबेला हतियारसमेत देखाएका थिए। रमजानलाई लवनीको बाटो हुँदै हथिहवा दोहनीबाट भारतीय बजार भगवानपुरतर्फ लगिएको थियो। रमजानलाई के कारणले लगिएको हो भन्ने खुलेको छैन।

    बिगत चार दिनदेखि सिबिआईको टोली तौलिहवास्थित होटल शंकरमा बस्दै आएको थियो। रमजान भारतको मुम्बइमा समेत बसेर फर्किएका थिए।

    कपिलवस्तु– भारतीय प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबिआई) टोलीले नेपाल प्रवेश गरी आइतबार साँझ ५ बजेतिर एक नेपालीलाई अपहरणशैलीमा भारत लगेको छ।

    जिल्लाको मायादेबी गाउँपालिका १ पकडी चौराहाबाट आधा दर्जनको संख्यामा रहेको सिबिआईको टोलीले गाउँपालिका ४ का ४० बर्षे रमजान मुसलमानलाई भारतीय नम्बर प्लटेको स्कार्पियो गाडीमा हालेर लगेको प्रत्यक्षदर्शीले बताए।

    भारतीय सुरक्षाकर्मीले त्यसबेला हतियारसमेत देखाएका थिए। रमजानलाई लवनीको बाटो हुँदै हथिहवा दोहनीबाट भारतीय बजार भगवानपुरतर्फ लगिएको थियो। रमजानलाई के कारणले लगिएको हो भन्ने खुलेको छैन।

    बिगत चार दिनदेखि सिबिआईको टोली तौलिहवास्थित होटल शंकरमा बस्दै आएको थियो। रमजान भारतको मुम्बइमा समेत बसेर फर्किएका थिए।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस