दुई दशकदेखि कोठामा थुनिएका युवाको उद्धार

दुई दशकदेखि कोठामा थुनिएका एक युवाको आज उद्धार गरिएको छ । मानवसेवा आश्रम लमजुङको पहलमा सुन्दरबजार नगरपालिका–२ परेवाडाँडास्थित हाडेटारका ३४ वर्षीय राजु विकको उद्धार गरिएको हो । उनलाई उपचारका लागि पोखरा लगिएको छ ।
उद्धारमा आश्रमका संयोजक अनिता अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाही, प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङ, नेपाल पत्रकार महासङ्घका जिल्ला उपाध्यक्ष कृष्णबहादुर आलेलगायत खटिनुभएको थियो । विककी आमा लुरीमायाले उद्धारपछि सहज भएको बताउनुभयो । महेन्द्र मन्दिर माविमा कक्षा ४ मा पढ्दैदेखि विकमा मानसिक समस्या देखिएको हो । त्यसपछि उनलाई घरमा कोठामा थुनेर राखिएको थियो ।
–––
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस