युवतीको वेदना, भन्छिन् मलाई कुकुरबाट बलात्कार गराइयो

दाङ । मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छ, वेदनाले भरिएको आवाजले हल गुन्जियो, तर मनभित्रको पीडा अर्कै छ, त्यो देखदिने कोही छैन । हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्रका पीडितले भरिभराउ थियो।
दाङको घोराहीमा सोमबार दिउँसो द्वन्द्वपीडित साझा चौतारी, ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन् । सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती। गोपनीयता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन् । न त उनको पहिचान नै खुलाइएको थियो । आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो। जसै उनी बोल्दै गइन, हलमा सन्नाटा छाउँदै गयो । सुन्नेहरूका आँखा रसाउँदै गए।
उनी भनिरहेकी थिइन्, ‘म कोठामा बसेर बोल्नपर्ने कारण छ। मन न आकाशमा उड़न सक्छ न धर्तीमा हिंड्न । मजस्तै अरू पनि धेरै दिदीबहिनीको इज्जत लुटिएको छ । तर उत्तीहरू खुल्न र भन्न सकिरहेका छैनन् । म भने बोल्छु। किनभने मान्छेहरूले जानुन के भएको थियो नेपालका महिलामाथि ।
बर्दियामा जन्मेहुर्केकी यी युवती १८ वर्षकी छंदा २०५७ सालमा तत्कालीन विद्रोही माओबादीमा लागेकी थिइन । घरमा माओवादीलाई खुवाएको र सुताएको निहुँमा सेनाले उनका बाबुलाई पक्राउ गरेको थियो। रातिराति खानतलासी गर्न आएर हैरान पारपछि पक्राउ पर्ने डरले उनी पनि माओवादीमा लागिन् । नाचगान गर्दै, जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीका साथ गाउँगाउँ हिडिन् ।
त्यही क्रममा २०५८ मंसिरको एक रात सुतेकै ठाउँबाट पक्राउ परिन्। ‘अरू साथी भाग्न भ्याए, हामी चार दिदीबहिनी फुत्किनै पाएनौं,’ उनले सुनाइन्, ‘सैनिकहरूले लछार्दै हामीलाई घरबाट निकाले। नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बांधे र पाता फर्काए।’ त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध भयो। ‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए । अरू बहिनीहरू मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्, ‘नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिदिए । अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए।’
कल्पनामा समेत नभएको यातना आइलाग्दा आफु मरेतुल्य हुन परेको उनले सुनाइन् । ‘अचेल म बाटामा कुकुर देख्दा बहुलाइजस्तो हुन्छ। डरले काँप्छु,’ उनले भनिन्। उनले सैनिकहरूबाट आफूमाथि अरू पनि धेरै पाशविक व्यवहार भएको सुनाइन्। ‘त्यसको वर्णन जति गरे पनि सकिंदैन,’ उनले भनिन्, ‘कुकुरबाट इज्जत लुटाएपछि ती सैनिकले हामीलाई चिसापानी ब्यारेकमा लगे। दुई दिनसम्म पानी पनि दिएनन् । कुटपिट र बलात्कारका कारण कपडामै दिसा चुहिएको थियो।
हिरासतमा उनीहरूले आफ्नै हातले दिसा सोहोर्न लगाए। पछि धुनै नदिई त्यही हातले भात खान लगाए। व्यारेकमा रजस्वला भएपछि आफनो झोलामा भएको कपडाको टालो माग्दा बन्दुकको नाल पुछदा तेलैतेल लागेको कालो र मैलो कपडाले गप्तांग छोप्न लगाएको पनि उनले सुनाइन् । ‘केही दिनपछि पनि उनीहरूले ममाथि नराम्रो व्यवहार गरे,’ उनले भनिन्, ‘आज म बाँचेर पनि जिउँदो लास भएकी छु । मान्छे भएर पाउनुपर्ने मेरा सारा सम्मान हरण भएका छन्।’
त्यसको पाँच वर्षपछि मात्रै आफूले केही उपचार गर्न पाएको उनले बताइन् । ‘मेरो पाठेघर च्यातिएको छ, डाक्टरले बच्चा नपाउनु नै जाती हुन्छ भनेका थिए,’ उनले सुनाइन्, ‘तर हामी श्रीमान् श्रीमतीले जति दुःख सहनुपरे पनि बच्चा पाउने निर्णय गर्यौ । मेरो छोराको आँखामा जन्मिदै मासुको डल्लो पलाएको छ। यो पीडा म मनमा कति मात्रै राखिरहुँ रु’ यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस