उदयपुरमा १४ वर्षीया बालिकामाथि जबरजस्ती करणी
उदयपुरमा १४ वर्षिया बालिकामाथि जबरजस्तीकरणी गरेको अभियोगमा बुधबार एक जना पक्राउ परेका छन् । बालिका करणी गरेको आरोपमा त्रियुगा नगरपालिका १६ जाल्पा चिलाउने स्थित सिम्लेका २२ वर्षीय रामकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो ।
सोही वडाको एक विद्यालयमा अध्ययनरत बालिकालाई कात्तिक ५ गते अन्दाजी ५ः३० बजेको समयमा विद्यालयबाट घर फर्कने क्रममा जंगलमा राईले पछाडीबाट ज्याकेटले मुख छोपेर घाटीमा थिची जवरजस्तिकरणी गरेको थियो । पीडित बालिकाको घर विद्यालयबाट २ घन्टा लामो दुरीमा जंगलको बाटो हुदै जान आउनु पर्ने हुन्छ । पीडित बालिकासंगै पढ्ने साथी केहि दिनदेखि विरामी भएकोले उनी एक्लै विद्यालय जाने आउने गर्दथ्यो ।
बालिकाको बुधबार नै जिल्ला अस्पताल बोक्सेमा स्वास्थ्य परिक्षण गरि बालिकाको दाजुले किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यलय उदयपुरका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए । आरोपित राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर जबरजस्तीकरणी उद्योग मुद्दामा अनुसन्धान गरिरहेको डिएसपी केसीले जानकारी दिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस