आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी पूजाले सर्वोच्चबाट न्याय पाईन्
आठ वर्षअघि सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहरा (नाम परिवर्तन) ले लामो समयपछि सर्वोच्च अदालतबाट न्याय पाएकी छिन् ।
सर्वोच्चले तत्कालीन पुनरावेदन अदालतले गरेको फैसला उल्टाउँदै पीडितलाई न्याय दिएको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र हरि फुयाँलको संयुक्त इजलासले विहीबार सुनुवाई गर्दै बलात्कारका आरोपित सागर भट्ट र अमरराज अवस्थीलाई दोषी ठहर गरेको हो ।
फौजदारी नयाँ संहिता आएसँगै दोषी ठहर भएका दुवै जनालाई नयाँ कार्यविधि र पुरानो कानुनअनुसार दण्ड सजाय निर्धारण गर्नका लागि अर्को पेशी तोकिने छ । अदालतले ३० दिनभित्र दोषी ठहर भएकालाई अर्को पेशी तोकेर सजाय निर्धारण गर्नेछ ।
बलात्कारपछि न्यायका लागि जिल्ला अदालत बैतडीमा दर्ता गरेको उनको मुद्दामा २२ फागुनमा २०६९ मा तत्कालीन जिल्ला अदालत बैतडीका न्यायाधीश हिमालयराज पाठकले दुवै अभियुक्तलाई १३ वर्ष कैद र जनही ५० हजार रुपैयाँ जरिमाना गर्ने फैसला सुनाएका थिए ।
जिल्ला अदालतको सो फैसलापछि पीडक दुबै जना पुनरावेदन अदालत गएका थिए । तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारी र नरबहादुर शाहीको संयुक्त इजलासले जिल्ला अदालतको फैसला उल्टाउँदै पीडक दुवैलाई सफाइ दिएपछि पीडित पूजाले सो फैसलाविरुद्ध सर्वोच्चमा मुद्दा दर्ता गरेकी थिइन् ।
पुनरावेदन अदालत महेन्द्रनगरले सफाइ दिएपछि यो मुद्दा निक्कै विवादित बन्न पुगेको थियो । काठमाडौंमा अकुपाइ बालुवाटार लगायतका मुभमेन्टमा समेत यो घटनाले प्राथमिकता पाएको थियो । यस्तो फैसला दिने न्यायाधीश शाही हालै एक अर्कै प्रकरणमा बर्खास्तीमा परेका छन् । -राजधानी दैनिकबाट
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस