१२ वर्षीया बालिकाको पेटमा पाँच महिनाको गर्भ
सुस्तमनस्थितिकी १२ वर्षीया एक बालिकाको पेटमा पाँच महिनाको गर्भ रहेको खुलेपछि अभिभावक र स्वाथ्यकर्मी स्तब्ध भएका छन् । रामारोशनकी ती बालिकालाई कुकुरले टोकेको थियो ।
रेबिजविरुद्ध गाउँमै तीन पटक सुई लगाउँदा पनि उनलाई सन्चो भएन । चौथो पटक सुई लगाउँदा एक दिनको पैदल दूरीको बयालपाटा मिसन अस्पतालमा पु¥याइएपछि उनको गर्भ रहेको खुलेको हो ।
‘कुकुरले टोकेर सुई लगाउन अस्पताल ल्याएको थिए,’ बालिकाको बुवाले भने,‘छोरीको पेट किन सुन्नियो डाक्टर साब हेरिदिनुहोस् भनेँ । डाक्टरले जाँच गरेपछि ५ महिनाको गर्भ छ भन्ने थाहा भएपछि म छाँगाबाट खसेको जस्तो भएँ ।’ यो समाचार आजको कान्तिपुरमा मेनका ढुंगानाले लेखेकी छिन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस