सामान्य विवादमा बन्चरो प्रहार गरी छिमेकीको हत्या

कैलाली । जिल्लाको पुर्वी क्षेत्र टीकापुरमा बन्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
टीकापुर नगरपालिका ५ मनिकापुरमा सोमबार दिउँसो छिमेकी खुसीराम चौधरीले बन्चरो प्रहार गर्दा ३२ वर्षका मोतीराम चौधरीको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
टाउकोमा वञ्चरो प्रहारबाट गम्भीर घाइते चौधरीलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पुर्याए पनि मृत्यु भएको डिएसपी बस्नेतले बताए।
बञ्चरो प्रहार गर्ने मोतीरामका छिमेकी खुसीराम फरार छन् । सामान्य विवादमा मोतीरामलाई वञ्चरो प्रहार गरेको बुझिएको प्रहरीले जनाएको छ । फरार खुसीरामको खोजी भइरहेको डीएसपी बस्नेतले जानकारी दिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस