रोप्ने बेलामा खडेरी र पाक्ने बेलामा वर्षाद, बाजुरामा कात्तिकमै भोकमरी
वर्षेनी बाजुरामा भोकमरी त भईरहन्छ नै, यो भने कात्तिकमै भोकमरी हुने भएपछि यहाँका किसानहरु चिन्तीत भएका छन् ।
जिल्लाका बुढीगंगा नदी वारपार बाहेकका खेतहरुमा आकाशे पानीको भरमा खेती गरिन्छ । जिल्लाका सबैजसो ठाउमा जेठदेखि असाढ र साउन महिनामा धान रोपिन्छ ।
साउनसम्म जेनतेन धान खेती रोपीसकेपछि भदौमा झारपात निकाल्ने गरिन्छ अनि असोज र कात्तिकको महिनामा भित्र्याएर सकिन्छ । तर यो वर्ष भने जेठमा रोपिएको धान खेती पनि लगातारको वर्षाका कारण असोज महिनाबाट काट्न सुरु गरिएकाले फलेको धान जती सबै माटोमा मिसिएको छ ।

गाईगोरुको लागि प्रयोग हुने पराल पनि सबै कुहिएर नष्ट छ जसका कारण यो वर्ष आफ्नो परिवारलाई विहान बेलुकाको छाक टार्न मुस्कील भएको बताउनु हुन्छ, मार्तडीका कला थापा ।
कला मात्रै होईन यहाँ किसानलाई यतिखेर धान काट्ने चटारो छ तर विहान बेलुकाको भात भने खाद्यन्नको किनेर खादै आएका छन् । धान रोप्ने बेलामा खडेरी र पाक्ने बेलामा वर्षाद हुदा खेतमा लगाएको सबै धान र पराल कुहिएर नष्ट भएको उनको भनाई छ । यो समाचार राजधानी दैनिकले लेखेको छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक








प्रतिक्रिया दिनुहोस