बाँस र बेतका चोया बनाउनमा व्यस्त डोम समुदाय
छठ पर्व शुरु भएसँगै सप्तरीको डोम समुदाय यतिबेला बाँस र बेतका चोया बनाउनमा व्यस्त रहेका छन् । तराई मधेसको महान् छठ पर्वको लागि अहिले डोम समुदायले भाँडाकुँडा बेचेर मनग्य आम्दानी गर्न सफल भएका छन् । छठ पर्व मनाउने व्यक्तिको सङ्ख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन अहिले भ्याइनभ्याइ भएको हनुमाननगर कंकालनी नगरपालिका १ का दिलीप मरिक(डोम)ले बताउनुभयो । गाँस, बाँस र कपासकै जोरजाममा पिँढीदर पिँढीलाई हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महीनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य पाउने गरेको उहाँको भनाइ छ । छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवतालाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्ने भएकाले अहिले डोम समुदायको आम्दानी राम्रो हुँदै गएको छ । सप्तरी सदरमुकाम राजविराजलगायतका बिभिन्न ठाउँमा अहिले डालो, नाङ्लो र टालु टपरीलगायतका समानहरु डोम समुदाय बिक्री वितरण गर्नमा ब्यस्त देखिएका छन् । अहिले जिल्लाको गाउँ गाउँमा समेत डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त रहेको राजविराज नगरपालिका–३ कि अञ्जनी यादवको भनाइ रहेको छ । डोम समुदायको जीविका उपार्जन त्यही पैसाबाट चल्ने भएकाले पनि अहिले डालो, नाङ्लो र टालु टपरीलगायतका सामान बनाउन उनीहरु लागीपरेका छन् ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस