यस्ताे परम्परा जहाँ आफ्नै बाबुसँग छोरीको बिहे गराइन्छ

विश्वमा अनेक जातजाती तथा समुदाय छन् । उनीहरुका आ–आफ्नो चलन तथा रीतिरिवाज पनि छन् । सुन्दा पत्याउनै नसकिने कुरीतिहरु अझै प्रचलनमा रहेको पाइन्छ । केही विस्थापन भए पनि केही प्रचलनलाई भने त्यस्ता समुदायले मान्दै आएका छन् ।
एउटा यस्तै रोचक प्रचलन बंगलादेशमा अझै रहेको बताइन्छ । जहाँ आफ्नै बाबुसँग छोरीको बिहे गराइन्छ । एक समुदायमा छोरीहरुलाई सानै उमेरमै आफ्नै बुवासँग बिहे हुने कुरा बताइन्छ र आफ्नै बाउसँग बिहे भएको सपना देखाइन्छ ।
बाल्यकाल देखिनै यस्तो कुरा सुनेर हुर्किएका छोरीहरुले जान्ने भैसक्दासम्म आफ्नो बुवालाई नै मानसिक रुपमा लोग्ने स्वीकार्ने अवस्थामा पुगिसकेका हुन्छन् । बंगलादेशमा बस्ने एक आदिवासी समुदायमा यो प्रथा प्रचलित छ ।
त्यहाँको मण्डी जातिमा प्रचलित बाउले आफ्नै छोरीसँग बिहे गर्ने कुप्रथा रहेको छ । यो समुदायमा अर्को प्रथा पनि रहेको छ । जस अनुसार यदि कुनै महिलाको बिहे भएको छोटो समयमै लोग्नेको मृत्यु भएमा विधवा महिलाले लोग्नेका परिवारका कुनै पुरुष सदस्सँगै बिहे गर्नुपर्दछ ।
भारत र बंगलादेशमा गरी मण्डी समुदायका २० लाख मानिस छन् । उनीहरुलाई गारो जातिका नामले पनि चिनिन्छ ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस