• जीवनशैली | Jiwanshaili
  • बारामा चार वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास


    बाराको आदर्श कोतवाल गाँउपालिकास्थित चार वर्षीया  बालिकामाथि जबरजस्ती करणीको प्रयास गरिएको छ ।

    आदर्श कोतवाल ४ ईनरवाका अन्दाजी ५० बर्षका शेख ईसराईलले स्थानीय चार वर्षीया बालिकालाई करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

    शेख ईशराईल काठको घर बनाउने मिस्त्री हुन् । बुधबार आफ्नै गाउँ ईनरवामा एक व्यक्तिको घर निर्माण गरिरहेका थिए ।

    काम गर्ने क्रममा घरधनीका अन्य सदस्य बाहिर गएको मौका छोपी ईशराईलले सोही घरकी बालिकालाई करणीको प्रयास गरेको र बालिका रोए कराएपछि आरोपी फरार भएको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस