• जीवनशैली | Jiwanshaili
  • सुनसरीमा होटलमा बच्चा जन्माई छोडेर महिला बेपत्ता


     सुनसरी जिल्लाको इटहरी बजारमा एक महिलाले होटलमा बच्चा जन्माई छोडेर बेपत्ता भएकी छन् ।

    जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाए अनुसार छोरीलाई होटलमा जन्माई महिला फरार भएकी हुन् ।

    ३ दिन अघि जन्मीएको नवजात छोरीलाई महिलाले छोडेर गए पछि प्रहरीले शिशुको उद्धार गरेको हो ।

    इटहरी ६ वीपी चौक स्थित टेकबहादुर लावतीले सञ्चालन गरेको होटलमा महिलाले बच्चालाई जन्म दिएकी हुन् ।

    उक्त शिशुलाई इटहरी ४ मा संचालित एक बालसंरक्षण केन्द्रमा आश्रय दिएर राखिएको सुनसरी प्रहरीले जानकारी दिएको छ ।


    क्याटेगोरी : समाज

    प्रतिक्रिया दिनुहोस