६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ

६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका हुन ।
भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले बताए ।
छोरीलाई बलात्कार गरेर थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दिएलगत्तै खटिएको प्रहरी टोलीले आरोपी बाबुलाई लुकिछिपी बसेको अवस्थामा धरानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रमुख न्यौपानेले बताए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- २ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ३ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ४ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ५ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- ६ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ७ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ८ मह र लसुनबाट हुने फाइदाहरु
प्रतिक्रिया दिनुहोस