६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबु पक्राउ
६ वर्षीया नाबालिका छोरी बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरेको छ । कात्तिक १३ गते नाबालिका छोरीलाई उनले आफ्नै कोठामा बलात्कार गरेका हुन ।
भोजपुर घर भई हाल धरान – १७ मा डेरा गरी बस्दै आएका ३८ वर्षीय बाबुले आफ्नै नाबालिका छोरीलाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय धरानका प्रमुख ढुण्डीराज न्यौपानेले बताए ।
छोरीलाई बलात्कार गरेर थाहा भएपछि नाबालिकाकी आमाले कात्तिक १४ गते प्रहरीमा उजुरी दिएकी थिइन् । उजुरी दिएलगत्तै खटिएको प्रहरी टोलीले आरोपी बाबुलाई लुकिछिपी बसेको अवस्थामा धरानबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि जबरजस्तीकरणी मुद्दामा जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको प्रमुख न्यौपानेले बताए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस